काठमाण्डौ, २८ साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोह नरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले हेरेको छैन भनेर सरकारले जे गर्न पनी नमिल्ने बताए ।
“एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुप्ता, सत्तातिर हामीले हेरेका छैनौं , हामीलाई हेर्नु पनि छैन,” उनले भने, “ तर, यसको अर्थ सरकार ढुक्कै रहेछ । जे पनि गरे हुन्छ भन्ने चल्दैन । जे पनि गर्न पाउँदैन ।”
