वर्षाको कारण रुख ढल्दा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा बाटैमा अलपत्र

२८ श्रावण २०८०, आईतवार १२:३५

काठमाडौं, २८ साउन– सुर्खेत– कोहलपुर, नेपालगन्ज जोड्ने रत्न राजमार्ग वर्षाको कारण रुख ढल्दा अवरुद्ध बनेको छ । भेरीगंगाको हर्रे भन्दा केही तल रुख ढलेर सडक अवरुद्ध बनेको हो ।

अविरल वर्षाका कारण जमिन गल्न गई रुख ढलेका कारण बाटो अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए । सडक अवरुद्ध भएसँगै सवारी साधनहरु प्रभावित भएका छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि बाटोमा रोकिएका छन् । ‘मुख्यमन्त्रीज्यू सडकको अवरोधमा पर्नुभएको छ,’ उनले भने,‘ रुख पन्छाउनका लागि प्रहरीको टोली त्यहाँ पुगिसकेको छ ।’

यस्तै सुर्खेत– दैलेख खण्डमा रहेको अवरोध अहिले खुलाइसकिएको छ । यसैगरी सुर्खेत–जाजरकोट सडकका केही ठाउँमा रहेको अवरोध पनि खुलाउने काम भइसकेको छ ।