काठमाडौं, २७ साउन– बागलुङकी नव गायिका सिम्रन परियारको स्वरमा रहेको दोस्रो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डा. विष्णुमूर्ति भट्टराईको निकै मन छुने शब्द सिर्जनामा श्रीधर अधिकारीको मार्मिक संगीतमा गायिका सिम्रनको स्वरमा “मुटुमै घाउ छ” शनिबार दिउँसो श्रीधर अधिकारीको युटुव च्यानलमार्फत सार्वजनिक भएको ।
उक्त गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ । अलंकार रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतलाई मिक्सीङ्ग माष्टरिङ्ग पनि विशाल निरौलाले नै गरेका हुन् । गीतमा माया प्रेमकै कथालाई उठान गरिएको छ । कसैलाई धेरै माया गर्दा धोका पाएको र मनमा पीर परेको भाव गीतमा व्यक्त गरिएको छ ।
दिपक गीरीको छायाँकन रहेको गीतको म्युजिक भिडियोको निर्देशन श्रीधर अधिकारीले गरेका हुन् । यस्तै म्युजिक भिडियो सम्पादन दिपक विष्टले गरेका छन् । सिम्रन परियारले गाएको गीत सामाजिक सञ्जालमा निकै चर्चा आएकी सिम्रनलाई दर्शक श्रोताले निकै रुचाएका छन् ।
यसअघि सिम्रनको स्वरमा रहेको “उसलाई पाउन २” फिमेल भर्जन उत्तिकै रुचाइएको छ । शुक्रबार सार्वजनि भएको गीतलाई यो समाचार तयार पार्दा सम्म करिब १० लाखले हेरेका छन् । सिम्रनको स्वरमा अन्य गीतहरु पनि क्रमशः आउने तयारीमा रहेको स्रोतले जनाएको छ ।
