काठमाडौं, २७ साउन–नेकपा एकीकृत समाजवादी पार्टी छोडेर विभिन्न नेता तथा कार्यकर्ताहरु पछिल्लो समय एमालेमा फर्किने क्रम जारी नै रहेको छ।
नेकपा एस छोडे एमाले प्रवेश गर्ने क्रममा शनिबार नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले फर्केकी छन् । एमालेमा फर्केकी उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा स्वागत गरेका हुन् ।
हालसम्म नेकपा एसबाट ३१ जना केन्द्रीय सदस्यहरूले एमालेमा फर्किसकेका छन् । यस्तै ३ जना पदाधिकारी र १४ जना जिल्ला अध्यक्षहरू पनि एमालेमा फर्किएका छन् ।
