सुनिल शर्मालाई अदालतले सफाइ दिदाँ पनि किन थुन्नुपर्ने ?: सांसद डा. चन्द्र भण्डारी

२६ श्रावण २०८०, शुक्रबार १७:१४

काठमाडौं, २६ साउन – नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारीले नचाहिदो प्रतिशोधमा सुनिल शर्मालाई पक्राउ गरिएको आरोप लगाएका छन्।

शुक्रबार (आज) सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै सांसद भण्डारीले सरकारले नचाहिदो कुराको प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालिरहेको बताका हुन्।

उनले जसको शक्ति उसको भक्तिको प्रयोग गर्ने हो भने नेपालमा शक्ति बाहेककाले हतियार उठायो भने नेपालको अवस्था के हुन्छ ? भन्दै प्रश्न गरे।
देशमा लुटपाट र भ्रष्टाचारका केसहरू बढ्दै जाँदा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको उनले बताएका छन्। उनले भने’देशमा समस्याहरू छन्। यतिधेरै लुटपाट छन्, यतिधेरै क्रप्सनहरू छन्, राज्यले नचाहिदा कुरामा प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्ने होइन।’

कसैलाई नपचेका कारण शर्मा पक्राउ परेको दाबी गर्दै भण्डारीले अदालतबाट सफाइ पाएका शर्मालाई थुन्नुको कुनै अर्थ नभएको जिकिर गरे। ’जग्गा किनेवाफत फिर्ता गरेपछि उन्मुक्ति पाउने, मीनबहादुरले जग्गा फिर्ता गरेपछि किन उन्मक्ति नपाउने ? सुनिल शर्माको केस अदालतले सफाइ दिएको छ। उनलाई थुन्नुपर्ने किन ? उनको प्रश्न थियो। नेता भण्डारीले शर्मालाई पक्राउ गरेर राज्यले दुःख मात्रै दिन खोजेको आरोप लगाए।