काठमाडौं, २६ साउन– बाग्लुङकी नव गायिका सिम्रन परियारको स्वरमा पहिलो गीत “उस्लाई पाउन २” सार्वजनि भएको छ ।
सुनिल बिसी को शब्द संगीत रहेको मेल भर्जनमा बहुचर्चित गायक प्रमोद खरेलको आवज रहेको छ । सुनिल बिसीको युटुब च्यालनमा रहेको उक्त गीतलाई ५२ लाख भन्दा बढी पटक हेरिएको छ ।
युटुब मार्फत चर्चा कमाएकी नव गायिका सिम्रन परियारले सही गीतको फिमेल भर्जनमा आफ्नो पहिलो आवज दिएकी हुन् । उक्त गीतको संीत संयोजन विशाल निरौलाले गरेका छन् ।
गीत माया प्रेममा आधारित रहेको छ । गीत निकै मार्मिक र मन छुने बनेको छ । गायिका सिम्रनको आवाजमा झनै मिठो सुनिएको छ ।
