कांग्रेस सांसद सुनिल शर्मा पक्राउ, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ केन्द्रीय अनुसन्धान ब्युरोमा

२५ श्रावण २०८०, बिहीबार २०:२४

काठमाडौं, २५ साउन– नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परे लगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका छन् ।

उनी अर्का मेडिकल व्यवसायी समेत रहेका सांसद शर्मा पक्राउ परेसँगै प्रसाईँ सीआईबीमा पुगेका हुन् । सीआईबीले शर्मालाई लाजिम्पाटस्थित आफ्नो भाडाको कार्यालयमा राखेको छ । त्यही प्रसाईँ बिहीबार साँझ पुगेका हुन् ।

प्रसाईँले शर्मा पक्राउ परेको थाहा पाएसँगै आफू यसबारे बुझ्न सीआईबीमा आएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शर्माले यो सर्टिफिकेट ल्याएर के काम गरेको छ भन्दै प्रश्न गरे ।