पूर्व कृषिसचिव भारीविरुद्ध ९२ लाखको भ्रष्टाचार मुद्दा

२५ श्रावण २०८०, बिहीबार १७:०७

काठमाण्डौ, २५ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव राजेन्द्रप्रसाद भारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव हुँदा शीत भण्डार ९कोल्ड स्टोर० निर्माणका क्रममा नगरेको काम गरेको भनी निर्माणकर्तालाई रकम भुक्तानी गरेर सरकारी रकम हानीनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।