काठमाडौं, २५ साउन – सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिँदै आएका एक व्यक्ति एफबीआईको कारबाहीमा मारिएका छन् ।
राष्ट्रपति बाइडेनको उटाह राज्यको भ्रमण हुनु केही घण्टाअघि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नाम गरेका ती व्यक्तिलाई उटाहस्थित उनकै घरमा गोली हानेको हो ।
ती व्यक्तिलाई गिरफ्तार गर्ने क्रममा गोली चलाइएको भनिए पनि यसबारे थप विवरणहरू सार्वजनिक नभएको बीबीसीले जनाएको छ । रोबर्टसनले राष्ट्रपति बाइडेनलाई लगातार धम्की दिइरहेको आरोप छ ।
