काठमाण्डौ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले गरेका राम्रा कामको प्रचार–प्रसारमा लाग्नुपर्ने बताएका छन् । काठमाडौं– १ मा आयोजित कार्यक्रममा आफूले गरेका काम जनतालाई अनुभूत हुने गरी कांग्रेसले बुझाउन नसकेको नेता सिंहले बताए ।
‘कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्याएर दिलाएको छ । परिवर्तनको नेतृत्व गरेको छ । विकासको नेतृत्व गरेको छ तर आफूले गरेका काम जनतालाई अनुभूत हुने गरी बुझाउन सकेको छैन ।’
अहिलेको प्रतिस्पर्धी अवस्था अनुरुप पार्टी संगठन बनाउनुपर्ने सिंहले बताए । ‘पहिले जस्तो अवस्था अब रहेन । समय परिस्थिति अनुसार चल्न नसके कांग्रेसलाई पनि ग्राहो पर्छ । पुरानो पार्टी ठूलो पार्टी ईतिहासको कुरा गरेर मात्रै बन्दैन,’ उनी भन्छन् ।
