करेन्ट लागेर सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको मृत्यु

२५ श्रावण २०८०, बिहीबार १०:२३

काठमाडौं, २५ साउन– पोखरा–१८, सराङकोटमा एक महिलाको बुधवार (हजो) करेन्ट लागेर मृत्यु भएको छ । सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

उनको घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले बताइन् । थापाको पोष्टमार्टम पछि हिजै पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको हो । उनको श्रीमान् र नाबालक १ छोरा (११ वर्षे) र १ छोरी (७ वर्षे) रहेका छन् ।