सरकार संसद् चलाउन चाहदैन: महेश बर्तौला

२४ श्रावण २०८०, बुधबार १६:३६

काठमाडौं, २४ साउन – नेकपा (एमाले) सचेतक महेश बर्तौलाले सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन् ।

बुधबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको सचेतक बर्तौलाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताए ।

सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको उनले बताए । प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको सचेतक बर्तौलाको भनाइछ ।