काठमाडौँ, २३ साउन– कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्मा नेकपा एमालेको सरकार हुँदा समातिएको ३३ किलो सुन प्रकरणबारे प्रश्न गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अहिले १०० किलो सुन त भेटिएको तर ३३ किलो सुनको एक तोला पनि नभेटिई फाइल बन्द भएको बताएका छन ।
उनले भने, ‘त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी गम्भीर छ। कसको कमजोरी भन्दा सरकारको हो। एयरपोर्टबाट छुटेको सुन सिनामंगलको चोकमा समातियो।
सरकारको एक हातले कमजोरी भयो होला, अर्को हातले समात्यो, सय किलो त भेटियो। छानबिन आयोगका विषयमा प्रतिपक्षले उठाएको विषयमा संवादमै छौँ। हामी निषर्कषमाा पुगौँला।
३३ किलो सुनको न छानबिन आयोग बन्यो। एक तोला पनि नभेटिई ३३ किलो सुनको फाइल बन्द भयो।’ उनले अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएकोमा आपत्ति जनाउनुको कारणबारे पनि उनले प्रश्न गरेका छन ।
उनले भने, ‘संविधानले भन्छ जघन्य अपराध र सांगठििक अपराधको गहिराईघमा गएर गर्ने अनुसनन्धान प्रहरीको हो। कसप्रति अविश्वास होरु हामी आफैलाई अविश्वास गरिरहेका छौँ।’राजनीतिक घटनामा राजनीतिक मान्छे र न्यायमूर्ति राखेर अनुसन्धानन गरी निष्कर्षमा पुग्न सकिने । ’
