ऊर्जा क्षेत्रको विकासका लागि सरकारले रोड म्याप बनाइरहेको छ: ऊर्जामन्त्री बस्नेत

२३ श्रावण २०८०, मंगलवार १६:२९

काठमाडौँ, २३ साउन– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताएका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

उनले विद्युत् उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना अन्तिम चरणमा पुगेको बताएका छन ।

मन्त्री बस्नेतले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगै विद्युत् उत्पादन र खपतका समस्या सम्बोधन हुने बताएका छन ।

उनले विद्युत् उत्पादकहरुले एउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने बताएका छन ।

उनले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र विद्युत् विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताएका छन ।

उनले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै आगामी एक वर्षमा ४ हजार माथि पुग्ने बताएका छन ।

उनले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत् उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपण र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताएका छन ।

उनले मुलुकको कुल गार्हस्थ्य उत्पादन जिडिपीको वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौँ भने आगामी १० वर्षको १२ हजार विद्युत् उत्पादन गर्न सक्ने अवस्था रहेको बताए ।

उनले अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौँ भने विद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी गरे । उनले आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताएका छन ।