काभ्रेको खानीखोलामा एकै परिवारका ६ जना पहिरोमा पुरिए

२३ श्रावण २०८०, मंगलवार १४:५१

काठमाडौँ, २३ साउन– काभ्रे जिल्लाको खानीखोलमा पहिरोमा परी एकै परिवारका ६ जना पुरिएका छन । खानिखोला गाउँपालिका–५ बाट मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे जाँदै गरेका ६ जना दोभान भन्ने स्थानमा पहिरोमा पुरिएका प्रहरीले बताएको छ ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनकी श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान, ज्वाई जीवन पहरी र उनीहरुका साढे दुई वर्ष र डेढ वर्षका छोराछोरी रहेका छन ।

शान्तिमायालाई पहिरोबाट झिकेर उपचारका लागि मकवानपुरको भोर्लेनी लगिएको र उनको अवस्था चिन्ताजनक रहेको खानीखोला गाउँपालिकाले बताएको छ ।

अन्यको खोजी कार्य जारी रहेको छ भने अविरल वर्षाले खानिखोला ५ मा रहेको लघु जलविद्युत आयोजना पनि पुरिएको प्रहरीले जानकारी दिएको छ ।