काठमाण्डौ, २३ साउन– संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी रहेका छन ।
बैठकमा पार्टीका प्रमुख सचेतकहरुसमेत हरु पनि सहभागी रहेका छन । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
संसदको अवरोध खुलाउन सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर सहमति भने जुट्न सकेको छैन ।
