मकवानपुरमा पहिरोले घर पुरिदाँ एकैपरिवारका ६ जनाको मृत्यु

२३ श्रावण २०८०, मंगलवार ११:२०

काठमाडौं, २३ साउन– मकवानपुरको बागमति गाउँपालिकामा पहिरोले घर पुरिदाँ एकैपरिवारका ६ मध्ये एकको मृत्यु भएको छ।

जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ स्थित सिक्रेदोभानस्थि बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो। अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन्।

बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्याँई हुन्। त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हुन्। उनीहरु सबै एकै घरमा बस्दै आएका थिए।
सोमबार रातभरि भारी वर्षा आएको थियो । उक्त वर्षाको कारण देशका विभिन्न स्थानहरुमा भीषण बाढी संगै पहिरो पनि गएको छ ।