काठमाडौं, २२ साउन– नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्य सुवास कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका नेताकार्यकर्ता नेकपा (एमाल)मै फर्किएका छन् ।
गत शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा उनीहरूलाई महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले खादा र अवीर लगाई पार्टीमा स्वागत गरेका थिए ।
उनीहरू माधव नेपालले पार्टी हैन क्लब चलाएको भन्दै एमालेमा फर्किएका हुन् । एमाले प्रवेश गर्नेहरूमा प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद श्रेष्ठ, शिवराम भट्टराई, घननाथ पराजुली, जिल्ला कमिटी उपाध्यक्ष छिरिङ ग्याल्बो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारी, जिल्ला कमिटीका सदस्यहरू, विभिन्न पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू तथा विभिन्न जनसंगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू रहेका थिए ।
