काठमाडौं, २२ साउन – नेकपा एकीकृत समाजवादीकी जाजरकोट जिल्ला सदस्य शारदा हमाल नेकपा (एमाले) मै फर्किएकी छन् ।
एमालेमै फर्किएकी हमाललाई आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा खादा लगाई बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्।
समाजवादी महिला संगठनकी प्रदेश कमिटी सदस्यसमेत रहेकी हमाल भेरी नगरपालिका–१ कि बासिन्दा हुन्।
पार्टी प्रवेशका अवसरमा केन्द्रीय सदस्यहरू निरज आचार्य, भैरवसुन्दर श्रेष्ठ, डम्मरबहादुर सिंह, कर्णाली प्रदेश संगठन कमिटीका उपाध्यक्ष लालबहादुर महतारा, सांसद रीता रावल, नेकपा (एमाले) जाजरकोट जिल्ला कमिटीका अध्यक्ष खिमबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।
