सीआईबीले अघि बढायो सुन तस्करी प्रकरणमा अनुसन्धान

२२ श्रावण २०८०, सोमबार १५:५१

काठमाण्डौ, २२ साउन– सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ गरेर १८ जना प्रहरीलाई बुझाएको थियो ।

पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको स्रोतले जानकारी दिएको छ ।