काठमाण्डौ, २२ साउन– प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौँलाले सुन प्रकरणमा सरकार उच्चस्तरीय छानबिन समिति गठन नगर्ने भनेर अनावश्यक अडान नलिन सरकारलाई आग्रह गरेको छ ।
सदनको अवरोध हटाउने विषयामा तीन ठूला दलको शीर्ष नेताहरुबीचको छलफलपछि उनले यो समिति सत्तापक्ष प्रतिपक्ष र सिंगो देशको लागि आवश्यक विषय रहेको बताएका छन ।
उनले भने, ‘यसमा सरकारले अनावश्यक अडान नलिँदा राम्रो हुन्छ । राज्यका संयन्त्रलाई साथ लिएर अनुसन्धानलाई प्रभावकारी बनाएर जरैसम्म पुगौं ।
डराउनुपर्ने कारण छैन। तस्करलाई कानूनको कठघरामा ल्याउने सरकारको अभियान हो भने हाम्रो माग पनि तपाईंहरुलाई सहयोग हुने खालको छ ।’
