काठमाडौं, २२ साउन – २ महिने नाबालक खोसाखोस गर्दा भुईमा बझारिएर मृत्यु भएको छ ।
बागलुङमा २ महिनाको नाबालकको हत्या आरोपमा निसीखोला गाउँपालिका–४ बडाचौरका आमाबुबा २४ वर्षीय विरु विक र ३० वर्षीया सविना पक्राउ परेका छन् ।
साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्ने क्रममा आफ्नै घरभित्र भुईमा बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले बताएको छ । ३ दिन पछि घटनाबारे जानकारी पाएपछि विक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।
