काठमाडौं, २२ साउन– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले किसानहरु जंगली जनावरहरुबाट समस्या परेका कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग राख्ने बताएका छन् ।
सोमबार (आज) बिहान सामाजि सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्,“हिजो पोस्ट गरेको जंगली जनावरहरूबाट किसानहरूको बालीनालीलाई मार परेको तस्बिरमा तपाईंहरूका कमेन्ट र म्यासेजहरु प्राप्त भएका छन्।
कतिपय साथीहरुले गाईमा लाग्ने लम्पी स्किन रोगको कुरा पनि राख्नु भएको छ। कमेन्ट र म्यासेज पठाएर यो छलफलमा सहभागी हुनु भएकोमा तपाईंहरू सबैलाई धन्यवाद।
कमेन्ट र म्यासेजहरु पढ्दा यो समस्या विकराल छ भन्ने महसुस भयो। केही कमेन्टको स्क्रीनसट पनि पोस्ट गरेको छु। आज म प्रधानमन्त्री पुष्पकमल दाहालसँग मेरो भेट पनि हुँदै छ। तपाईंहरूले पठाउनु भएका समस्या, सल्लाह र सुझाव अनुरूप समाधानको लागि पहल गर्न आग्रह गर्ने छु ।”
ओलीले आफ्ले पोष्ट गरेको तस्बिरमा कमेन्ट मार्फत आएका समस्या र गुनासोहरु समधानको लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएका हुन् ।
सभामुख देवराज घिमिरेको सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन दलका प्रमुख सचेतक तथा सचेतक सहभागीता रहेको छ ।
