युरोप भ्रमणमा निस्किए माधवकुमार नेपाल

२२ श्रावण २०८०, सोमबार ११:३३

काठमाण्डौ, २२ साउन– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा लागेकाका छन् ।

आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभास्थित प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल प्रस्थान गरेका हुन् ।

उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्विट्जरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।