काठमाडौं, २२ साउन– नापी पेशाकर्मी समाज कंलकी द्वारा आयोजित तेस्रो नापी पेशाकर्मी ब्याडमिन्टन प्रतियोगिता २०८० गत शनिबार सम्पन्न भएको छ ।
उक्त ब्याडमिन्टन प्रतियोगितामा जुनियर बि तर्फबाट २० टिम र सिनियर ए तर्फबाट ६ टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ मा रहेको महाकांल ब्याडमिन्टन कभर्डहलमा भएको थियो ।
जुनियर तर्फबाट धादिङ नापी पेशाकर्मीका खेलाडीहरुभिम श्रेष्ठ र जयनन्द भट्ट साथै आयोजक, नापी कार्यालय कलंकीका खेलाडीहरु खिम बहादुर राना र खिलराज चौहान तृतीय भएका थिए ।
रुकुमेली नापी समाज बि तर्फका खेलाडीहरु मिसन राना र खगेन्द्र रोकाय द्वितीय भए भने रुकुमेली नापी समाज ए तर्फका खेलाडीहरु निध्चल पुन मगर र भुपेन्द्र वलि प्रथम भएका थिए ।
यस्तै सिनियर तर्फबाट सुदुर पश्चिम्,मध्य पश्चिमका खेलाडीहरु प्रकाश कुवर र काली बहादुर सिंह साथै रुकुम पश्चिम स्यार्पु तालका खेलाडीहरु तारा प्रकाश वलि र नरेन्द्र वलि तृतीय भएका थिए ।
गण्डकी प्रदेशका खेलाडीहरु दिपेन्द्र खडका र रमेश उपरकोटी द्वितीय हुन सफल भएका थिए भने हरि केसि र हिरालाल केसिले प्रथम स्थान हात पार्न सफल भएका थिए ।
राष्ट्रिय ब्याडमिन्टन रेफ्रीका ओम मणि बज्राचार्य र अन्जु लामा गोलेले रेफ्री गरेका थिए । यस्तै राष्ट्रिय ब्याडमिन्टन रेफ्री ओम मणि बज्राचार्य बाटबेस्ट प्लेयरको पुरस्कार जुनियर तर्फबाट धादिङ नापी समाजका खेलाडी भिम प्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो । यस्तै बेस्ट प्लयरको पुरस्कार सिनियर तर्फबाट रुकुमेली नापी समाजका खेलाडी हरि के.सि.लाई प्रदान गरिएको थियो ।
प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई पुरस्कार सिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार बितरण समारोह कार्यक्रमको अध्यक्षता संयोजक दिपक सिंहले गरेका थिए । यस्तै प्रमुख अतिथी निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सचिव अम्बादत्त भट्टले गरेका थिए भने विशेष अतिथी नापी बिभाग प्र.ना.अ. पुर्ण प्रसाद पाण्डेले गरेका थिए । अतिथी महांकाल ब्याडमिन्टन कभर्डहलका अध्यक्ष देवेन्द्र महत, वडा सदस्य भुवन केसि र चन्द्रगीरी नगरपालिकाका राष्ट्रिय ब्याडमिन्टन रेफ्री ओम मणि बज्राचार्य अन्जु लामा गोले थिए ।
सहभागी सबै टिमलाई मायाको चिनो नापी कार्यालय कलंकीका कार्यालय प्रमुख खिम बहादुर राना मगरले प्रदान गरेका थिए ।यस्तै व्यस्थापक गणेश खडका र संयोजक दिपक सिंहलाई प्रसंशापत्र प्रदान गरिएको आयोजक टिमका खेलाडी नरेन्द्र घर्ती मगरले बताए ।
