काठमाण्डौ,२१ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पनि आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका छन ।
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताएका छन ।
उनले भने, ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो ‘हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।’
उनले अघि भने, ‘आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।’ उनले यद्यपि यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताएका छन ।
उनले वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको छ’ ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने बताएका छन ।
