ब्लु बसमा पनि कुनै समस्या छैन: रवि लामिछाने

२१ श्रावण २०८०, आईतवार १६:००

काठमाण्डौ,२१ साउन–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन ।

उनले मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने बताएका छन ।

उनले भने, ‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ ।’

उनले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने बताएका छन । उनले ब्लु बसमा पनि कुनै समस्या नभएको पनि बताएका छन ।

लामिछानेले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । उनले भने, ‘मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि रु भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं, ।