काठमाण्डौ,२१ साउन– टोखा नगरपालिका अन्तर्गत प्राविधीक शाखामा कार्यरत कर्मचारीहरु लाई दुई दिने आवासित क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबाहादुर वि सीको अध्यक्षतामा सम्पन भएको तालिम कार्यक्रममा वातावरणको प्रभाव मुल्यांकन, लागत अनुमान मुल्यांकन र अनुगमन भुक्तानी मुल्य वृद्धी, मुल्य संमायोजन र घटना अध्यन सम्वन्धी बिषयमा प्रशिक्षक हरु विज्ञ संगम पराजुली, जनकराज पन्तले तालिम प्रदान गराउनु भएको थियो ।
यस्तै सामाजिक खरिद क्वालिटी कंन्ट्रोल र तनाव व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको थियो । कृष्णराज पन्त, सुजित धिताल, डा. क्षितिज बाराकोटी र हिम्मत सिंह लेकाली लगायतका केन्द्रीय विज्ञ प्रशिक्षक हरुले तालिम प्रदान गर्नु भएको थियो ।
तालिमको सहजिकरण रुपमा एप्पल मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा. लि नयाँ बानेश्वरले गरेको थियो । अबको दिनहरुमा पनि यस्तै कार्यक्रम हरुको आवाश्यक्ता रहेको त्याहा उपस्थि कर्मचारी हरुले बताएका छन ।
उनले छोटो समयमा सानो कार्यक्रमबाट धैरे ज्ञान प्रप्त गरएिको बताएका छन । उनले भने, ‘ यति छोटो र सानो कार्यक्रम बाट पनि धेरै कुरा सिकियो ।’


