एमालेले मुलुकलाई संकटबाट पार लगाउँछ : गोकर्ण विष्ट

२१ श्रावण २०८०, आईतवार १४:१५


काठमाण्डौ, २१ साउन– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गरेका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।

उनले आर्थिक–सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरु जुटिरहेको समेत बताए ।

सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए ।