अबदेखि प्रहरी रिपोर्ट अनलाइन मार्फत

२१ श्रावण २०८०, आईतवार १३:३१

काठमाण्डौ, २१ साउन– आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण हुने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गरेका हुन् ।

अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाण्डौ आएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भनिएको छ ।