सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो: सञ्चारमन्त्री शर्मा

१८ श्रावण २०८०, बिहीबार १६:२५

काठमाण्डौ,१८ साउन– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन ।

आज (बिहीबार) मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको पनि बताएकी छन ।

उनले भनिन्, ‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन ।

त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो । त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ ‘तस्करीको रुट कजसम्म हामी पुग्छौ भनेर कमिटमेन्टसहित नेतृत्व लागिरहेको छ ।’

मन्त्री शर्माले सरकार र राजनीतिक नेतृत्व यस्तो प्रतिबद्धतासहित लागेका बेलामा प्रतिपक्षले भनेजस्तो फेरि अर्को छानबिन समिति बनाउँदा विषयान्तर हुनसक्ने बताएकी छन ।

उनले सुन तस्करीबारे निष्पक्ष छानबिन हुँदैन कि भन्ने आशंका गरीजस्तै परिस्थिति बने अर्को छानबिन समिति जहिले पनि बनाउन सकिने पनि बताएकी छन ।