काठमाण्डौ,१८ साउन– गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपाली रहेकी छन ।
फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । उनी भिरबाट लडेर करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन ।
भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएको डीएसपी पाण्डेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।
