ललिता निवास प्रकरण बीचमै रोकियो, सुन काण्ड पनि साम्सुम हुन्छः शेखर कोइराला

१८ श्रावण २०८०, बिहीबार १२:३४

काठमाण्डौ,१८ साउन– कांग्रेसका नेता डा शेखर कोइरालाले सुन तस्करी काण्ड त्यसै सामसुम हुने बतएका छन । आज (बिहीबार) बिहान काठमाण्डौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन ।

उनले माथिल्लो तहका कोही न कोही नेताको संलग्नता रहेको बताउँदै यसमा निश्पक्ष छानविन हुनै नसक्ने आरोप लगाएका छन ।

उनले भने, ‘ललिता निवासपछि सुन काण्ड आयो । यो सबै गजजाहेर छ । यो पनि सामसुम हुन्छ । किनकी माथिल्लो कोही न कोही ईन्भल्व छ, ।

उनले ललिता निवास प्रकरणमा निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउन टिप्पणी लेख्ने तत्कालीन शाखा अधिकृतलाई पक्राउ गरेर मूल निर्णय कर्तालाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति व्यक्त गरेका छन ।

उनले भने, ‘ललिता निवास जग्गा प्रकणका अगाडि बढ्दै गयो बीचमै रोकियो । किन रोकिन्छ भने माथि कोही न कोही मान्छे परिराखेको छ ।

शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ, मन्त्रिपरिषद्मा लग्नुपर्यो भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएको हुन्छ, अहिले भर्खर रिहा हुनु भएको छ । जसले निर्णय गर्छ तिनीहरुलाई छुँदैन ।’