काठमाण्डौ, १८ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय चमतिमा बिहीबार अपराह्न ४ बजे बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए।
समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको उनको भनाइ छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने छ ।
