काठमाण्डौ, १७ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गणेशमान सिंह कहिले पनि कांग्रेस नबनेको बताएका छन ।
आज (बुधबार) तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
उनले विपीको विचारको विशेष प्रभाव परेर ५० वर्षसम्म कांग्रेसमा रहेपनि गणेशमान कांग्रेस नभएको बताएका छन । उनले भने, ‘गणेशमानजी कांग्रेस हुनुहुन्नथ्यो । त्यस्तो कांग्रेस होईन ।
तर, उहाँलाई विपी कोइरालाको चाहिँ विशेष प्रभाव परेको थियो । त्यसकारण उहाँ ५० वर्ष कांग्रेसमा रहनु भयो । पहिला पनि कांग्रेस हुनुहुन्नथ्यो । अन्तिममा पनि कांग्रेस छोड्नु भयो ।’
उनले कांग्रेसको कमजोर आन्म समर्पणवादी सोचका कारण गणेशमानले सधैं विरोध गरेका बताएका छन । कांग्रेसको प्रवृत्ति भन्ने एकथोक गर्ने अर्कोथोक रहेको उनले आरोप लगाएका छन ।
