अधिवक्ता भगवती पाण्डे पक्राउ

१७ श्रावण २०८०, बुधबार १६:१४


काठमाण्डौ, १७ साउन– प्रहरीले कानुन व्यवसायी भगवती पाण्डे लाई पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिएका छन ।

उनीविरुद्ध शुक्रवार जिल्ला अदालत काठमाण्डौँले पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् सोइ आधारमा उनलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन ।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाण्डौँमा जाहेरी दिएका थिए ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिएका छन ।