अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्ने २८ जना पक्राउ

१७ श्रावण २०८०, बुधबार १५:२१

काठमाडौं , १७ साउन– अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीका अनुसार पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेका छन्। तामाङ समुदायलाई होच्याएर अधिवक्ता पाण्डेले अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबात कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

यसै क्रममा आन्दोलन गर्न गएका तामाङ कलाकारहरूले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।