रवि लामिछानेद्वारा नेपाल फर्कन चाहनेहरुको लागि जागिरको अफर, फ्रि–टिकेटको व्यवस्था

१७ श्रावण २०८०, बुधबार १३:०२


काठमाण्डौ, १७ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व गृहमन्त्री रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि रोजगारीको व्यवस्था गरेका छन ।

उनले अहिलेलाई १०० भनदा बढि जागिरको व्यवस्था गर्ने बताएका छन । आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको उनले बताएका छन ।

उनले आफूले उपनिर्वाचनमा विजय हाँसिल गरेको आज एक सय दिन पूरा भएको उपलक्ष्यमा यस्तो व्यवस्था गरेको बताएका छन ।