काठमाण्डौ, १७ साउन– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको पद तथा गोपनियताको शपथ आज बुधबार साँझ ५ बजेसम्मका लागि सरेको छ ।
आज विहान १०:३० मा हुने भनिएको शपथ ग्रहण समारोह दलहरुबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न नसक्दा शपथ साँझसम्म सरेको हो ।
हिजो मंगलबार मुख्यमन्त्री नियुक्त भएका थापाले आज कांग्रेस माओवादी र नेकपा एसका १–१ जनागरी ३ जनालाई मन्त्री बनाउने तयारीमा रहेका छन ।
