सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको सीईओ मा नियुक्त

१७ श्रावण २०८०, बुधबार १२:१३

काठमाडौं, १७ साउन – सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।

आज (बुधबार) बसेको बैंक सञ्चालक सिमितको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । हाल मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको छ ।

नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बै‌कले जनाएको छ ।