माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

१७ श्रावण २०८०, बुधबार ११:३१

काठमाण्डौ, १७ साउन– नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन कमलादीमा बस्दै छ । बैठक पाँच दिनसम्म चल्ने छ ।