काठमाडौं, १७ साउन – कांग्रेसको पदाधिकारी बैठक बसेको छ । नेकपा एमालेले सुन प्रकरणमा छानबिन उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन चल्न नदिने अडान लिएपछि कांग्रेस पदाधिकारी बैठक बसेको हो ।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा एक पदाधिकारीले बताएका थिए । एमालेले सुन प्रकरणमा गृृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाएको छ । एमालेले नैतिकताको आधारमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।
एमालेले समितिको अडानबाट ब्याक नभएपछि बोलाइएको प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।
