काठमाडौं, १७ साउन – गुडिरहेको टेम्पोमा सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको क्रेन पसेको छ ।
सिंहदरबार प्रहरी निरीक्षक राजकुमार सिंहका अनुसार निर्माण कार्यतर्फबाट सडक तिर आउने क्रममा क्रेनको अगाडिको भाग टेम्पोमा ठोक्किएको हो।
उक्त घटनाका क्रममा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक सिंहले बताएका छन् । टेम्पोको अगाडिको भाग भने कुच्चिएको छ ।
