काठमाण्डौ, १६ साउन– प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने स्रोतले जानकारी दिएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको स्रोतले बताएको छ ।
