माधव नेपालसँग रामकुमारी झाँक्रीको बोलचाल नै बन्द, एमालेमा फर्किने अन्तिम तयारीमा

१६ श्रावण २०८०, मंगलवार १३:०२

काठमाण्डौ, १६ साउन– पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादी की सचिव रामकुमारी झाँक्री अहिले पार्टीमा निश्क्रिय रहेकी छिन् ।

झाँक्रीले पूरानै घर एमाले मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा रहेको थियो । तर, पछिल्लो समय उनको पार्टी अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध भने छैन ।

उनले आफूलाई नेतृत्वले बेवास्ता गरेको बताएकी छन । उनले अध्यक्ष नेपालले पार्टी पनि एकलौटी ढंगले चलाएको आरोप लगाएकी छन । नेतृ झाँक्रीले एमाले नेताहरुसँग सम्पर्क बढाएकी छिन् ।

पछिल्लो समय उनले योगेश भट्टराईसँग एमाले फर्किनेबारे अलिक लामो बहस गरेको स्रोतले जानकारी दिएको छ । चुनाव सकिएलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको खुलासा गरेकी थिईन् ।

तर, त्यतिवेला भने उनले एमालेमा फर्कनको लागि भन्दापनि वामपन्थीहरुकै नेतृत्वमा सरकार बनाउन र माधव नेपाललाई राष्ट्रपति बनाउने र एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गरेको बताएकी थिइन ।

झाँक्री पार्टीमा भूमिकाविहीनजस्तै छिन् । उनको अहिले अध्यक्ष माधव नेपालसँग पनि राम्रो सम्बन्ध छैन् । खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री हुँदा माधव नेपालले अपमानजनक ढंगले फिर्ता बोलाएकोमा उनले भेटेरै आक्रोश पोखेकी थिईन् ।

नेपालले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन दिने भन्दै अहिले नहटाउने वचन दिएपनि पछि थाहै नदिई सरकारबाट फिर्ता बोलाएकोउनले बताएकी थिइन ।

अहिले भने उनले एमालेमा नै फर्कने मन बनाएको र त्यसको लागि अन्तिम तयारी गरिरहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।