बल्छी ध्रुवे र राजु मास्टरको सहकार्यमा ‘दरार’ आएको हो ?

१६ श्रावण २०८०, मंगलवार १२:१७


काठमाण्डौ, १६ साउन– हास्य कलाकार राजु पौडेल उर्फ राजु मास्टर र मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवेको सहकार्यमा दरार आएको बताइएको छ ।

दुईको सहकार्यमा आर्थिक विवादको कारणले सम्बन्धमा समेत दरार आएको चर्चा चलिरहेको बेलामा मास्टले नयाँ टिभी श्रृंखला ‘लफडा’को घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेका छन ।

भदौदेखि प्रसारण हुने बताइएको यो श्रृंखलामा बल्छी भने रहने छैनन्। वान–एक्स बेट प्रकरणमा रिहा भएपछि बल्छी ध्रुवेले टिभी सिरियल ‘हल्का रमाइलो’लाई एक्लै ल्याएका छन ।

यसमा राजु मास्टरको सहभागिता रहेको छैन । राजु मास्टरले स्टाटस लेख्दा लफडा र जुठे आउने बताए पनि हल्का रमाइलोबारे बोलेका छैनन्। तर, बल्छी ध्रुवे यो चर्चामा यथार्थ नभएको दाबी गर्दै भने, ‘यी सबै हल्ला हुन् ।

सहकार्य तोडिएको छैन । हामी चाँडै जुठे लिएर आउँदैछौं। भ्याली बाहिर जानुपर्ने भएकाले जुठे आउन केही ढिलाइ मात्र भएको हो, अलग भएको भन्ने कुरामा सत्यता छैन।’