कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१५ श्रावण २०८०, सोमबार १७:३५


काठमाण्डौ,१५ साउन–रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पिसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँचपछि भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको आरोप यादवविरुद्ध लागेको छ ।

आयोगको बुटवलस्थित शाखाले यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा इन्जिनियर यादवले कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागे आयोगका प्रवक्ता भोला दाहाल जानकारी दिएका छन ।

इन्जिनियर सेवा करार यादवको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१)को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले दिएका छन ।