काठमाण्डौ,१५ साउन– प्रहरीले दाङबाट १७ केजी चित्तलको मासुसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही–६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा–६ का ३० वर्षीय मनोज थापा मगर, गढवा–६ कै ३१ वर्षीय करण केसी रहेका छन ।
हिजो आइतबार बेलुकी साढे पाँच बजे घोराही–३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ ।
