गृह मन्त्रालयको प्रवक्तामा भट्टराई

१५ श्रावण २०८०, सोमबार १५:४८


काठमाण्डौ,१५ साउन– गृह मन्त्रालयको प्रवक्ता नारायण प्रसाद भट्टराईलाई तोकिएको छन । यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाण्डौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन ।

यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन ।

भट्टराईलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता भट्टराईले यसअघि अध्यागमन विभागको महानिर्देशक भएर पनि काम गरिसकेका छन ।