काठमाण्डौ,१५ साउन– नेकपा (माओवादी केन्द्र)ले १७ साउनदेखी बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने भएको छ ।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र जानकारी दिएका छन ।
उनले भने, ‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’ ।यसअघि कांग्रेसले पनि पार्टीको केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।
